कविता
हामीले सुँगुर नपाल्दा के हुन्छ
?
खोरमा
सहिसलामत राखेर
चारो
भर्नुपर्ने
खुवाउनुपर्ने
खोर
भत्काएर उसैले
उल्टै
हामीलाई रुवाउनुपर्ने,
बाँदरको पुच्छर
लौरो
न हतियार
स्वदेशको
पिलो
विदेशको
मतियार
बरु,
टुकुचामा
खोरसहितै फाल्दा के हुन्छ ?
हामीले सुँगुर नपाल्दा के
हुन्छ ?
कहिले
खोरभित्र जान्न भनेर
कहिले
खटाएको खान्न भनेर
उसले
उल्टै घुक्र्याउनुपर्ने
तिमी
वामनको अवतार हौ
जाऊ,
कट्खाऊ र सुत भन्दै
हामीले साँझ विहान टक्र्याउनुपर्ने,
जसको
महत्व छैन
उसैलाई
पाल्नुपर्ने
उल्टै
निरीह बनेर
आनै
मन पगाल्नुपर्ने,
सडक
ढाकेर बनाएको
त्यसको
खोर फाल्दा के हुन्छ ?
हामीले सुँगुर नपाल्दा के हुन्छ
?
No comments:
Post a Comment