कविता
सपना र वर्तमान
समयले चिनेन कि मेरा आशा
या मैले जानिन समयको भाषा
ऋतुले भरेन कि मेरा जवानी
या मैले पढेन ऋतुको कहानी
त्यसैले,
छालहरुले चुमेर छाडेको
उजाड बगरझैा
सुनसान दोभानझैा
जहाा थिएा उहीा छु म
जस्तो थिएा उस्तै छु म ।
मलाई खुट्किलो टेकेर
शिखर चढनेहरु
पुगिसके धेरै-धेरै माथि
म फेादको फेादमै छु
मलाई पुल बनाएर
गन्तब्य ताकेका यात्रीहरु
पुगिसके धेरै-धेरै पारि
म बगरको बगरमै छु
सधैा-सधैा
बिश्वास चुाडिनुको पीडामा
आशा भााचिनुको पीडामा
घातको चोत सुम्सुम्याउादै
चुपचाप-चुपचाप
बोकेर
करौाटी जस्ता हर पल
एैाठन जस्ता हर रात
मरुभुमि जस्ता हर दिन
जे थिएा त्यही छु म
जो थिएा उही छु म ।
सपनाको आकाशभरि
ग्रहणसरि
निराशाका रातले छोपिए पनि
आशाका तारा बाल्न कसले रोक्छ र मलाई ?
बिपनाका धर्तीभरि
कˆर्युसरि
घातको चुक रोपिए पनि
आस्थाको जुनकिरी उडाउन कसले छेक्छ र मलाई ?
किन कि,
जीवित छन मसाग
सपनाहरु/बिपनाहरु
आशाहरु/आस्थाहरु
अर्को विहानको पर्खाईमा
जहाा छु म/जस्तो भए पनि
जे छु म/जो भए पनि ।
लोहासुर, दाङ ।
No comments:
Post a Comment