Friday, June 30, 2023

श्याम रिमाल



कविता 

तमसोमा ज्योतिर्गमय


 मलाई अँध्यारोबाट उज्यालोतिर लैजाऊ

उज्यालोबाट ज्ञानतिर लैजाऊ

ज्ञानबाट जीवनतिर लैजाऊ


मैले बाल्नु छ यहाँ ज्ञानज्योति

एउटा ज्योतिले एउटा बाटो देखाउँछ

मैले बोक्नु छ उज्यालोको राँको

एउटा प्रकाशले एउटा जीवन बचाउँछ


मलाई असत्यबाट सत्यतिर लैजाऊ

सत्यबाट प्रेमतिर लैजाऊ

प्रेमबाट भ्रातृत्वतिर लैजाऊ


मैले रोज्नु छ  सत्यको बाटो

एउटा सत्यले एउटा ज्योति भर्भराउँछ

मैले पुरा गर्नु छ  सत्यको वाचा

एउटा विश्वासले पूर्ण प्रेम बर्साउँछ


मलार्इृ मृत्युबाट जीवनतिर लैजाऊ

जीवनबाट सिर्जनातिर लैजाऊ

सिर्जनाबाट सभ्यतातिर लैजाऊ


मैले ब्यूँझाउनु छ विश्वको धुकुधुकी

एउटा धुकधुकीले एउटा प्राण जोगाउँछ

मैले रच्नु छ प्राणमय संसार

एउटा प्राणले मानवसभ्यता उजिल्याउँछ ।


000 


No comments:

Post a Comment