Thursday, July 6, 2023

कणाद महर्षि

 



कविता

आसपास

खेलिएको थियोे
किशोरावस्थामा साँझपख
झन्डै झन्डै लुकामारी जस्तै !
मलाई भने लाग्थ्यो
किन यसरी खेलिएको होला
नयाँ नाम दिएर पुरानै खेल !
एउटा डुम हुन्थ्यो
उसले लुकेका मध्य जसलाई देख्थ्यो
उसैको नाम "..... " लिएर
" आसपास !" भन्थ्यो,
तर कारणवश झगडा परेर
पहिले देखि नबोल्ने गरेको
साथी देखियो भने,नाम नभनी
" म आसपास !" भन्थ्यो
....
यसरी त्यो खेलको नियमानुसार
क्रमशः जारी रहन्थ्यो ....
हिजोआज किन किन
मलाई फेरि त्यही खेल !
लुकामारीबाट आसपास भएझैं
नयाँ नाम दिएर आसपासमा
अर्कै छद्मरूपमा खेलिरहेको जस्तो
लाग्न थालिरहेको छ।
***

चाबेल काठमाडौं।

No comments:

Post a Comment