Thursday, July 6, 2023

सागरमणि दाहाल

 



कविता


सम्बन्धबिच्छेदका कुरा

आउ हामी सम्बन्धबिच्छेदका कुरा गरौं
केही भएका, केही नभएका
केही बनेका, केही भत्किएका
सजाउन नपाउँदै ढलेको ताजमहलका कुरा गरौं
केही गरिएका, केही तोडिएका वाचाका
केही ढाँटिएका, केही पक्रिएका कसमका
केही सीमानाका, केही स्वतन्त्रताका
केही जीवनका, केही यापनका
हामी नबटुलिँदै छरिएका प्रेमफूलका कुरा गरौं
केही सँगै रहेका, केही रहेजस्तो गरेका
केही ढीलो आएका, केही चाँडै आएका
केही शंकाका, केही भ्रमका
केही रिसाएका, केही मौन रहेका
हामी नफक्रिँदै ओइलाएका मनोकामनाका कुरा गरौं
केही आजका, केही भोलीपर्सीका लागि
केही बाँड्न, केही नबाँड्नका लागि
केही फुकाउन, केही लुकाउन
केही मिल्न खोज्न, केही नमिल्न खोज्न
हामी नछिचोलिँदै सक्किएका बाटाका कुरा गरौं
आउ हामी सम्बन्धबिच्छेदका कुरा गरौं
हामी सम्बन्धबिच्छेदका कुरा गरौं
ooo

No comments:

Post a Comment