Friday, June 30, 2023

अनिल पौडेल





कविता 

हामीले सुँगुर नपाल्दा के हुन्छ ?


खोरमा सहिसलामत राखेर

चारो भर्नुपर्ने

खुवाउनुपर्ने

खोर भत्काएर उसैले

उल्टै हामीलाई रुवाउनुपर्ने,

बाँदरको पुच्छर

लौरो न हतियार

स्वदेशको पिलो

विदेशको मतियार

बरु, टुकुचामा

खोरसहितै फाल्दा के हुन्छ ?

हामीले सुँगुर नपाल्दा के हुन्छ ?

कहिले खोरभित्र जान्न भनेर

कहिले खटाएको खान्न भनेर

उसले उल्टै घुक्र्याउनुपर्ने

तिमी वामनको अवतार हौ

जाऊ, कट्खाऊ र सुत भन्दै

हामीले साँझ विहान क्र्याउनुपर्ने,

जसको महत्व  छैन

उसैलाई पाल्नुपर्ने

उल्टै निरीह बनेर

आनै मन पगाल्नुपर्ने,

सडक ढाकेर बनाएको

त्यसको खोर फाल्दा के हुन्छ ?

हामीले सुँगुर नपाल्दा के हुन्छ ?


No comments:

Post a Comment