Friday, June 30, 2023

ज्ञानेन्द्र खतिवडा



------------------------------------

कविता 

पहाडको उचाईं


आजभोलि
पहाड किन अग्लो देखिँदैन
पहाडलाई किन
अग्लो हुनुको अर्थबोध छैन ?

पहाड माथि उठ्नुको महत्व
किन आफैंमा झल्कँदैन !

आफ्नो अग्लाईको
आफ्नो उचाईको
धरतीमा कतै कहीं
कुनै अर्थ छ -

सगरमाथा जस्तै
कञ्चनजंघा जस्तै

पहाड किन छुट्टै हुनुमा
गर्वबोध गर्दैन

मदेसभन्दा अग्लो हुनु नै
पहाड हुनु हो
मदेसभन्दा छुट्टै हुनु नै
पहाड हुनु हो

तर अनुहारमा
उत्सुकता र जोस
पटक्क नभएको
पहाड
मदेसभन्दा सधैं सधैं
किन हो होँचो देखिन्छ

आफ्नो अग्लाईलाई
किन किन आफैं
बाहुन्ने देख्छ ?


000

( रचनाकाल 2007 जून महिना , दार्जिलिङको सन्दर्भमा )


No comments:

Post a Comment