Monday, July 3, 2023

हरिभक्त कटुवाल

 



वास्तविक नाम - हुमबहादुर कटुवाल
जन्म - वि.स.१९९२, असार १८ गते, डिब्रुगढ, असम, भारत,
निधन - वि.स. २०३७, भदौ २५ डिब्रुगढ , असम, भारत,
सेवा - पत्रकारिता, शिक्षा - बी.ए., अपूरो,
विधा कविता/लेख/कथा/गीत
मौलिक कृति
१) बदनाम मेरा यी आँखाहरु-कविता संग्रह २) वान्की-गोजिका-सम्पादन
३) पूर्व किरण-कविता संग्रह-सम्पादन ४) मुक्ति ५)हिमालय ६)प्रज्ञा
७) हिमानी ८) संगीत सरीता-सम्पादन ९) चरित्रपाठ-अनुवाद
१०) विभिन्न पत्र-पत्रिकाहरुमा कविता, कथा, लेख गीत आदि प्रकाशित

निधन : २०३७ साल भदौ २५ गते

------------------------------------------------------

 
कविता

मन त फलामकै भए असल हुन्छ


मन त फलामकै भए असल हुन्छ
न घात–प्रतिघातमा रुन्छ,
न सयपत्री र बाबरीले बाटो थुन्छ
मन त फलामकै भए असल हुन्छ
कसैले चिमोट्यो
एक कप्टेरो त्यतै टाँसियो,
कसैले एउटा मुस्कान फ्याँक्यो
उसैको पछ्यौरीमा गाँसियो;
जहिले पनि जलेकै छ,
जता पनि ढलेकै छ,
मनको बह कसैसित नकह
कसले बुझ्छ, कसले सुन्छ ?
मन त फलामकै भए असल हुन्छ ।
वसन्तमा वन फुल्यो—
मन उतै भुल्यो,
बैँसले जाऊँ है भन्न लाग्यो—
पीर झन् ठूलो;
आकाश देख्यो आकाश जत्रै
बतास चल्यो बतासजस्तै,
नौनीजस्तो मेरो मनलाई
जसले पायो उसले छुन्छ;
त्यसैले पनि—
मन त फलामकै भए असल हुन्छ ।

000

No comments:

Post a Comment