Friday, June 30, 2023

अर्जुन पराजुली





जन्म  - २०२० साल
जन्मस्थान  - काभ्रेको ज्याम्दी

कृति
भुँडीपुराण नामक चुट्किलाको पुस्तक / हास्यव्यङ्ग्यात्मक पत्रिका / गाईजात्रे / गाइड / ग्रामर / टेक्स्टबुक हुँदै साहित्यिक कृतिहरूसमेत प्रकाशन

------------------------------------------------------

कविता 

माझीदाइ र जङ्गबहादुर


माझी दाइले माछा मार्ने जाल

जङ्गबहादुरले जाल गरेर खोस्यो

जुन जालमा पहिले पहिले

माझी दाइले

माछा फसाउथे र आनो छाक टार्थे

त्यही जालमा जङ्गबहादुर अहिले

माझी दाइलाई फसाउछ र

आनो छाक टार्छ

 

माझी दाइले

मान्छे तार्ने डुङ्गा

जङ्गबहादुरले

अब खोलो अन्तै सार्ने भनेर खोस्यो

जुन डुङ्गाबाट माझी दाइ

घरी वारि ल्याउथे जङ्गबहादुरलाई

घरि पारि लान्थे जङ्गबहादुरलाई

त्यही डुङ्गामा आज

जङ्गबहादुर आफैं

माझी दाइलाई पारि तार्ने काम गर्छ

उसले पारि यसरी तार्छ

यसरी तार्छ

यसरी तार्छ

माझी दाइको लास एकैचोटि

नेपाल टेलिभिजनमा फेला पर्छ । 

 

000

No comments:

Post a Comment