Thursday, July 6, 2023

श्याम श्रेष्ठ




कविता


उनीहरू

रुपान्तरणकारी नारासहित
उनीहरू आएका थिए
देशको मुहार बदल्न भनेर
देशको मुहार झन् पो कुरुप भयो
उनीहरू आफै कुरुप आकृतिमा बदलिए
ठूला वाचाकबोलसहित
उनीहरू माथि गएका थिए
माथि औधी फोहोर भयो भनेर
माथि झन् पो ज्यादा फोहोर भयो
उनीहरू आफै दुर्गन्धित फोहोरमा बदलिए
ooo

No comments:

Post a Comment